बनगाड कुपिण्डे नगरपालिकाका १५१ जना नेपाली काङ्ग्रेसमा प्रवेश

इन्द्र बुढाथोकी-सल्यान १४ साउन । बनगाड कुपिण्डे नगरपालिकाका एक सय ५१ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पुसमा हुने जिल्ला अधिबेशनको तयारीलाई तिब्रता दिएको नेपाली काङ्ग्रेसले आज (बुधबार) नगर कार्यसमितीको भेला गरी पार्टी प्रवेश गराएको हो । भेलामा विभिन्न पार्टी परित्याग गरि १ सय ५१ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

भेलामा नेपाली कांग्रेसका नेताहरूले नातावादमा लागेर विकास निर्माणका काम गर्नु भन्दा भ्रष्टाचार गर्न तिर लागेको आरोप लगाएका छन । कम्युनिष्ट पार्टीको पकड क्षेत्रका रुपमा रहेको नगरपालिकामा अहिले कम्युनिष्ट नेताहरुको आलोचना हुने गरेको छ ।
कार्यक्रममा ८ गते सम्पन्न तरुनल बनगाड कुपिण्डे नगरको प्रथम अधिवेशनका सदस्यहरुले पुर्णता पाएपछि सपथ ग्रहण गराइएको छ भने आजै तरुणदलको कार्यालय पनि उद्घाटन गरिएको छ ।

विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरु मध्ये वडा नम्बर १ बाट ५ , ३ नं. वडाबाट ४ जना, ६ नं. वडाबाट ५६ जना , ७ नं. वडाबाट ६ जना , ८ नं. वडाबाट ७९ जना र ११ नं. वडाबाट १ जनाले प्रवेश गरेको जिल्ला सदस्य दुर्गा खड्काले जानकारी दिनुभएको छ । नवप्रवेशि कार्यकर्ताहरुलार्इ कार्यक्रममा सम्मान तथा स्वागत गरिएको थियो ।

पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, महासमिति सदस्य धुर्बराज रेग्मी, जिल्ला समन्वय सदस्य केश बहादुर बिष्ट, एकराज डिसि, निम बहादुर वलि, गोरखा केसि, सुरेश अधिकारी लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार २१:००