Purushottam Giri

  • १५ श्रावण २०७७, बिहीबार ०८:११

सल्यानमा बाख्रा चराउन गएकी एक महिलाको भिरबाट लडेर मृत्यु

इन्द्र बुढाथोकी
बाख्रा चराउन जङ्गल गएकी एक महिलाको भिर बाट लडेर मृत्यु भएको छ । बुधबार दिउसो बाख्रा चराउन जङ्गलमा गएको बेला घास काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौरमा अन्दाजी २० वर्षको ललिता बोहराको बुधबार ४ बजे तिर बाख्रा घर नजिकैको गोठेभार जङ्गल बाट २ सय मिटर तल खसेर ज्यान गएको हो ।

भित्रीखोलाको तलाउमा परेर मृत्यु भएको स्थानीयले बताएका छन । उनको फाल्गुनमा मात्र विबाह भएको थियोे ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार ०८:११