पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर २ रुपैंयाँले वृद्धि

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैंयाँले मुल्य वृद्धि भएको छ ।

शनिबार राती १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको हो । हाल कच्चा तेल, डलरको विनियम दर तथा ईन्डियन आयल कर्पाेरेशनबाट प्राप्त खरिद मुल्य समेत वृद्धि भएकाले निगमद्धारा पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य वृद्धि भएको हो ।

साउन १७ रातीदेखि लागु हुने मुल्य अनुसार प्रतिलिटर २ रुपैंयाँले वृद्धि गरी पेट्रोल प्रतिलिटर १०४ र डिजेल/मट्टीतेलको प्रतिलिटर ९० रुपैंयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

निगमद्धारा जारी विज्ञप्ती यस्तो छ :

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार २०:४३