बागचौर बृहत खानेपानी आयोजनाको काम पचास प्रतिशत पुरा

सल्यान ।  सल्यानको बागचौर नगरपालिकाका निर्माणाधिन बृहत खानेपानी आयोजनाको काम पचास प्रतिशत पुरा भएको छ । स्थानियलाई खानेपानीको समस्या भएपपछि एक घर एक धाराको लक्ष्य अनुरुप खानेपानी आयोजनाको काम सुचारु गरिएको हो ।

स्थानिय जंगार खोलाबाट लिफ्ट गरेर शुद्ध खानेपानीको पहुँचमा आम नागरिकलाई पु¥याउने उद्धेश्यले खानेपानी आयोजनाको काम थालिएको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनितीक सल्लाहकार भिमप्रकाश शर्माको पहलमा बागचौर लिफ्ट खानेपानी आयोजना अगाडि बढेको हो ।

‘एक घर एक धाराः शुद्ध खानेपानी बागचौर आयोजनाको अभिभारा’ भन्ने नाराका साथ खानेपानी आयोजनाको काम धमाधम रुपमा भैरहेको छ ।अहिले खानेपानी आयोजना निर्माणको काम धमाधम रुपमा भैरहेको लिफ्ट खानेपानी निर्माण उपभोक्ता समितीका अध्यक्ष ज्ञानेश्वर केसीले जानकारी दिनुभयो । यस आयोजनाबाट बागचौर बजार, जिउँला, मिलन डाँडा र थारमारेका गरेर करिब ४ सय घरधुरीले शुद्ध खानेपानी खान पाउने उहाँको भनाई छ ।

निर्माणाधीन खानेपानी आयोजनाको अहिले ५० प्रतिशत काम सम्पन्न गरिएको छ भने बाकी काम यहीँ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । करिव ३ करोड २६ लाखको लागतमा सञ्चालित यस आयोजनाको खानेपानी ट्याङ्कीको चारैतीर शनीवार फूल सहितका बिभिन्न प्रजातीका बिरुवा रोपेर समेत उद्धान गरिएको छ ।

अध्यक्ष केसी, बागचौर नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष टोपबहादुर डिसी, वडा सदस्य चन्द्र बहादुर वली सहित आमउपभोक्ताहरुको सहभगितामा निर्माणाधीन खानेपानी ट्याङ्कीमा चारैतीर फूल सहित बिभिन्न प्रजातीका बिरुवाहरु रोपेर उद्घाटन गरिएको हो ।

प्रकाशित मिति: १८ श्रावण २०७७, आईतवार ०८:२५