मृगौला पिडित महिलालाई नेपाली सेनाद्वारा रक्तदान

रमेशकुमार वली
सल्यान, १९ साउन । सल्यानमा मृगौलाको समस्याबाट पिडित महिलालाई नेपाली सेनाले रक्तदान गरेको छ । शारदा नगरपालिका १ की ३१ बर्षिय महिला गिता बुढाथोकीलाई उपचारका क्रममा रगत अभाव भएपछि नेपाली सेनाको सवुजगण सिमखर्कले रक्तदान गरेको हो ।
सल्यान अस्पतालमा उपचार गराइरहेकी गितालाई नेपाली सेनाकाका अम्बा रेश्मी र शारदा अधिकारीले रक्तदान गर्नुभएको हो । सल्यान अस्पतालमा ब्लडबैंक नहुदा उपचारका क्रममा रगत आवश्यक परेको अवस्थामा प्रत्यक्ष व्यक्तिहरुलाई बोलाएर रगत संकलन गरिदै आएको छ ।
यस अघि पनि जिल्ला अस्पतालमा उपचारका क्रममा रगत आवश्यक परेको अवस्थामा नपाली सेनाले रक्तदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार १२:५३