कभर खबर

  • २० श्रावण २०७७, मंगलवार १४:३६

बबईमा वेपत्ता ७० वर्षिय बृद्ध मृतावस्थामा फेला

सल्यान– दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ७ सिमठाना निबासी ७० बर्षका देशुलाल चौधरीको बबई नदीले बगाउँदा मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारि अनुसार चौधरी सोमबार साँझ ४ बजे भैंसी ग्वालाबाट फर्किने क्रममा बबई नदीमा बगेर बेपत्ता भएका थिए ।

खोजतलास गर्ने क्रममा मंगलबार बिहान आदोले भन्ने स्थानमा मृत अवस्थामा फेलला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिहले जानकारी दिए ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार १४:३६