कभर खबर

  • २० श्रावण २०७७, मंगलवार १९:३७

बाँकेमा शनिबारसम्म निषेधाज्ञा हुने

बाँके, २० साउन ।- बाँके जिल्लामा आइतबारदेखि जारी निषेधाज्ञा शनिबारसम्मका लागि हुने भएको छ ।

कोराना भाइरसका संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले निषेधाज्ञा ४ दिन लम्ब्याउने निर्णय गरेको हो ।

बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेकोले संक्रमण रोक्नका लागि थप ४ दिन निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।

सरकारी कर्मचारी, जनप्रतिनिधिलगायत ट्राभल हिष्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिएकोले निषेधाज्ञा लम्ब्याइएको हो ।

निषेधाज्ञाको अवधिमा जिल्लाभर स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दूध, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न र तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरु मात्रै सञ्चालन गर्न पाइनेछ ।

प्रकाशित मिति: २० श्रावण २०७७, मंगलवार १९:३७