नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्यानेटरी प्याड उपलव्ध गराइने

प्रचण्ड खत्री
रुकुम पशिम,२१ साउन । पश्चिम रुकुमको आठविसकोट नगरपालिकाले करिब ३ लाख स्यानेटरी प्याड खरिद गरेको छ । नगरपालिका भित्रका सवै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्रा तथा शिक्षिकाहरुका लागि विद्यालयमै स्यानेटरी प्याड उपलव्ध गराउनका लागि प्याड खरिद गरिएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा तथा शिक्षिकाहरुले महिनावारीको समयमा कक्षा छोड्नुपर्ने समस्याको अन्त गर्नका लागि नगरपालिकाले प्याड खरिद गरेर विद्यालयमा उपलव्ध गराउने नगरपालिकाका प्रसारण शाखा प्रमुख मानबहादुर वुढाथोकीले जानकारी दिए ।
नगरपालिकाले नगरपालिका भित्रका २२ वटा सामुदायिक विद्यालयहरुमा स्यानेटरी प्याड उपलव्ध गराउने उनको भनाई छ । उनका अनुसार सरकारी बिद्यालयमा अध्ययनरत किशोरी अबस्थाका छात्राहरुलाई महिनावारी भएको बेला आबश्यक पर्ने महिनावारी ब्यबस्थापन सामाग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गराई र महिनावारी भएको बेला बिद्यालय छोड्ने समस्याको समाधान गर्ने उद्देश्यका साथ स्यानेटरी प्याडको ब्यबस्था गरीएको प्रशासण शाखा प्रमुख बुढाथोकीले बताए।
नगरपालिका भित्रका २२ वटा सामुदायिक बिद्यालयहरुका ६ देखि १२ सम्मका अध्यनरत १९ सय ३९ जना कोशोरी अबस्थाका रहेको उहाले बताए । सवै सामुदायिक बिद्यालयका ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई प्याड उपलब्ध गराईएको शिक्षा शाखा अधिकृत ईन्द्र बहादुर बिस्टले जानकारी दिए । उनका अनुसार प्रत्येक बिद्यालय सम्पर्क व्यक्ति राखी १ पिरियडमा १ जना छात्रालाई ६ वटाका दरले प्याड वितरण गरिने छ ।

प्रतेक बिद्यालयहरुले आफ्ना छात्राहरुको संख्या नगरपालिकाको शिक्षा शाखामा उपलब्ध गराएको १ हप्ता भित्र सबै सरकारी बिद्यालयहरुलाई प्याडहरु बिद्यालयहरुलाई जिम्मा लगाईने नगरपालिकाले जनाएको छ .

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार १३:५५