
सल्यान ।
सल्यानको एक सहकारीले आफ्ना सदस्यलाइ प्राप्त विमा रकम प्रदान गरेको छ । कोरोना भाइरसका विरुद्ध विश्व एक भएकाबेला ग्रामिण वचत तथा ऋण सहकारी संस्थाले कोरोना लागेर निको भएका सदस्य भीम बहादुर रोकालाइ ५० हजार रकम प्रदान गरेको हो ।
बुधबार एक कार्यक्रमका विच रोकालाइ ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।सहकारीका उपाध्यक्ष सुगन्ध कुमार श्रेष्ठले ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्दै कोरोना महामारीका विरुद्ध सबैले सजगता अपनाउनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीमा संक्रमित हुने सदस्यको राहतका लागि सहकारीले विमा गरिदिएको र सो रकम पहलिो पटक प्रदान गर्नपाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सहकारीका पुर्व अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष केशव सिंह श्रेष्ठले सदस्यहरुलाइ हरेक समय सहकारीका साथ दिनुपर्ने भन्दै जेठ ६ गते नै १ हजार ८ सय ५४ जनाको एनएलजी इन्स्योरेन्स शाखा कार्यालय सल्यानमा एकमुष्ट विमा गरिएकोमा पहिलो कोरोना पिडित सदस्यलाइ ५० हजार दिएकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले कोरोना जस्तो महामारी जसलाई पनि हुने भन्दै आवश्यक सावधानी संगै जीवनको सुरक्षाका लागि विमा पनि उत्तिकै महत्वपुर्ण भएको बताउनुभयो ।
असार ९ गतेको पिसिआर परिक्षणमा संक्रमण देखा परेका भीम बहादुर रोकाले कोरोना महामारीका रुपमा देखा परेपनि आनीवानी र दैनिक क्रियाकलापले रोक्न सकिने बताउनुभयो । आफु दुइ हप्ता सम्म सेल्फ आइसोलेसनमा बसेको जनाउदै रिपोर्ट सुन्ने वित्तिकै अप्ठेरो महसुस भएपनि स्वास्थ्यका हिसावले कुनै असहजता नभएको बताउनुभयो ।
सहकारीका सचिव सनत कुमार शर्माले संचालन गरेको कार्यक्रममा सहकारीका सदस्य रविन विष्ट, प्रवन्धक शान्ता राई तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार ०८:१९