शरीरमा भएको टी-सेल्सले कोरोनालाई रोकिरहेको अनुसन्धानकर्ताकाे तथ्य

काठमाडौँ ।

शरीरमा चिसोका कारण लाग्ने भाइरसबाट कोरोना संक्रमण पहिचान गर्न सहयोग पुग्ने तथ्य पत्ता लागेको छ। अनुसन्धानकर्ताहरूका अनुसार हुने टी सेल्सले इम्युनिटी प्रणालीको क्षमतालाई बढाउन सक्छ। चिसोको कारण शरीरमा लाग्ने भाइरसको पहिचान गरी यसबाट बच्न सकिन्छ।

विश्वका अधिकांश कोरोना संक्रमितमा हलुका लक्षण देखिएको छ। सामान्य लक्षण देखिनुमा टी सेल्स जिम्मेवारी रहेको अनुसन्धाताहरूले बताएका छन्‌। शोध प्रतिवेदनमा उल्लेख भएअनुसार संक्रमणलाई रोक्न टी सेल्स को मुख्य भूमिका हुने गर्छ। यो टी सेल्स चिसोको कारणले लाग्ने भाइरससँग लड्ने गर्छ। शरीरमा भएको केही कोशिकाको कारण बिरामीमा कोरोना भाइरसको लक्षण पनि देखिएको अनुसन्धानले पुष्टि गरेको हो।

केही मानिसमा कहिल्यै पनि कोरोनाको लक्षण नदेखिने गरेको र तिनीहरुमा टी सेल्स धेरै रहेको पाइएको छ। यो कोशिकामार्फत कोभिड-१९ को भाइरस जस्तै अन्य चिसोमा लाग्ने चारवटा भाइरसलाई चिन्न सफल भएको वैज्ञानिकहरूले बताएका छन्‌। शरीरमा भाइरस पस्ने बाटो यो कोशिकाले नष्ट गरिदिन्छ।

शरीरमा भएको टी सेल्सले कोरोना भाइरससँग लडन सहयोग गर्ने अमेरिकास्थित ला जोला इन्स्टिच्युट अफ इम्युनोलोजी जनाएको छ। केही मानिसमा कोरोनाको सामान्य लक्षण किन देखिन्छ भन्नेबारे थाहा पाउन लागि यसले सहयोग गर्छ। यस्तै, मानिसमा भएको कोशिकाले कोरोना भाइरसँग जुधिरहेको हुन्छ र भाइरसले आफ्नो प्रभाव देखाउन सक्दैन। त्यसैले लक्षण सामान्य देखिएको हो। एजेन्सी

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार १६:०२