
प्रचण्ड खत्री / रुकुम पश्चिम
रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका १ र रुकुम पुर्ब सिस्ने गाउपालिका वडा नम्बर ८ को भलाखोला सिमानाले १ पटक त्यहाका वासिन्दालाई तनाब पार्ने देखीएको छ। दुबै टोलमा बिकाश निर्माणका काममा समस्या हुने गरेकाे त्यहाँका स्थानीएकाे भनाइ छ ।
स्थानीय तह बनेदेखि त्यस टोलमा मुनसिकोट नगरपालिकाको तर्फबाट १५ लाखको लागतमा सिचाई र ७० हजारको लगानीमा १ वटा धारो निर्माण गरीएको मुसिकोट नगरपालिका १ का स्थानीय खड्क बहादुर मल्लले बताउनुभयाे । भलखोला टोलमा अहिले मुसिकोट नगरपालिका नगरपालिकाका १७ घर र सिस्ने गाउपालिका वडा ८ का १६ घर बसोबास गर्दै आएका छन । स्थनिय बासिन्दा फरक फरक जिल्लाका भएपनि १ वटै जिल्लाको बासिन्दा भए जस्तो गरेर मिलिजुली बसोबास गरेको देख्न सकिन्छ ।
स्थानीय चुनाब , प्रदेश चुनाब र प्रतिनिधि सभाको चुनाबमा दुवै जिल्लाका स्थानीयले आआफ्नो पाएक पर्ने केन्द्रमा पुगेर आफुले छनोट गरेको प्रतिनिधिलाई भोट हाल्छन । सिस्ने गाउपालिकाका आफ्नो पाएक पर्ने केन्द्र जान्छन भने मुसिकोटका सल्लेमा पुगेर भोटिङ गर्छन । स्थानीय तह बनेदेखी त्यस टोलमा नमुना योग्य काम हुन सकेको छैन । सडक सम्भार , खानेपानि लगाएतका काम भएका छन भने त्यो भन्दा फरक काम नभएको त्यहाका स्थानीयहरुको गुनासो रहेको छ ।
सिस्ने गाउपालिका वडा नम्बर ८ को कार्यालयले भने त्यसमा ठाउमा नमुना योग्य काम गरेको बताएको छ । सडक ट्रयाक खोले देखि लिएर साना – साना खानेपानी मर्मत गरेको वडाले बताएको छ । त्यस ठाउका स्थानीयहरुले आफुहरुलाई १ वटै स्थानीय तहमा पार्दा सजिलो हुने स्थानीय ममता बोहराले बताउनुभयाेयाे । त्यस गाउमा १ वटै स्थानीयका मानिसहरु बसोबास गर्दा सबै काममा सहजता आउने स्थानीय बोहराले बताउनुभयाे । दुवै जिल्ला भएर होला त्यस ठाउमा बिकाश निर्माणका काम कम मात्रामा आउने गरेको अर्का स्थानीय बिर बहादुर बोहराको भनाई छ ।
सिस्ने गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खर्कसिहं थापाले सिमाना बिबाद नभएको जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाले सिमाना भन्दा १५ मिटर पशिम साईट सहिद गेट निर्माण गरेको र त्यहीलाई सिमाना मानेर हामीले सिमानाको अन्त्य गरेको जानकरी दीनुभयाे । सिमाना गेट बनाउन नसकेको स्वीकार गर्दै अबको आर्थिक बर्षमा गेट निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष थापाले बताउनुभयाे ।
प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार १२:२३