कभर खबर

  • २७ श्रावण २०७७, मंगलवार १०:०७

पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण

unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।

एक कार्यक्रमका बीच विभागले पिउने पानीकाे मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित पानीको इस अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ । यस्तै एक लिटर बाेत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ ।

उपभोक्ता, व्यवसायी र उपभोक्ता अधिकारकर्मीसँगको छलफल र अध्ययनपछि नयाँ मूल्य तोकिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १०:०७