कभर खबर

  • २७ श्रावण २०७७, मंगलवार १०:१३

आज कृष्ण जन्माष्टमी, पूजा आराधना गरी मनाइँदै

सल्यान – भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी आज परेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ ।

आज सल्यानको सितलपाटी् सल्लीबजार, खलंगा लगायतका कृष्ण मन्दिरमा पूजा गरिन्छ ।

तर कोरोना संक्रमणका कारण आज यी मन्दिर सर्वसाधारणका लागि खोलिएको छैन । आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ  ।

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १०:१३