सल्यानमा फेरी १२ वर्षीया बालिका बलात्कृत,आरोपित प्रहरी नियन्त्रणमा

मिना बुढाथोकी
सल्यान ।
१२ वर्षीया बालिकालाइ बलात्कार गरेको अभियोगमा सल्यानमा २७ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।बलात्कार आरोपित शारदा नगरपालिका–६ बरलाका २७ वर्षीय प्रकाश परियारलाइ मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

गत आइतबार छिमेकीको घरमा अन्टीको छोराको जन्मदिन मनाउन गएको बेला राती आरोपितले आफुलाइ बोलाएको र तिमीसंग काम छ भन्दै एकान्तमा लगेर बलात्कार गरेको पीडित बालिकाले इन्सेक प्रतिनिधि मिना बुढाथाेकीलाइ  बताइन् ।

गाउँको मान्छे उमेरले दाइ भनेर बोल्ने गरेकाले यस्तो होला भन्ने सोचिन बालिकाले भनिन,घटनापछि यसबारे कसैलाइ नभन्नु नत्र हामी दुबैलाइ पिट्छन,एकहप्ता पछि तिमीलाइ दाँग लगेर जान्छु भन्नुभयो ।रातको समयमा घर फर्किदा बुवा घरमा हुनुहुन्नथियो उनले भनिन, त्यसैले भोली पल्टमात्रै  बुवासंग घटना बारे बताएको हुं ।

पेशाले मिस्त्री रहेका बालिकाका बुवाले घटना बारे थाहा पाए लगतै इलाका प्रहरी कार्यालय श्रीनगरमा मौखिक जाहेरी दिएको बताए । आप्mनो स्थाइ घर कालिमाटी गाउँपालिका–३ रामपुरमा रहेको र कामको सिलसिलामा विगत १० वर्ष देखी बरलामा बस्दै आएको पीडित बालिकाका बुवाले जानकारी दिनुभयाे ।

पत्नी चार वर्ष अघि अर्कैसंग विवाह गरेर गएपछि दुइ सन्तानलाइ एक्लै पालन पोषण गर्दै आएको बताउँदै उहाँले घटना भएको दिन दीदी बिरामी भएका कारण दीदीको घरमा गएको र भोली पल्टमात्रै छोरीसंग कुरा हुन पाएको बताउनुभयाे । बालिकाले स्थानीय विद्यालयमा कक्षा ५काे परिक्षा दिएकाे र अहिले घरमै बसी रहेकी छन् ।

काेराेना महामारीकाे समयमा लकडाउनले गर्दा काम गर्न नपाएकाेले मुद्दा दर्तामा समस्या भएपछि इन्सेककाे राेहवरमा निशुल्क मुद्दा दर्ता भएकाे हाे ।आरोपितलाइ हिरसातमा राखी थप अनुसन्धान भइ रहेको डिएसपी खतिवडाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १९:४९