कभर खबर

  • २९ श्रावण २०७७, बिहीबार १८:२६

थप ४ जनाको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय २५ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ । पछिल्लो २४ घण्टामा एक सय ९ जनामात्र संक्रमणमुक्त भएका छन् ।

योसंगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ रहेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । ८ हजार २५ जना आइसोलेसनमा रहेका छन् । १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेकामध्ये चार सय ६६ जना होम क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहीबार १८:२६