सल्यानमा झारफुकको बहानामा देवरबाट भाउजु बलात्कृत

मिना बुढाथोकी
सल्यान .
४० वर्षीया महिलालाइ बलात्कार गरेको आरोपमा सल्यानको शारदा नगरपालिका –८सिमखर्क निवासी ३८ वर्षीय पुरुषलाइ प्रहरीले बिहीबार  पक्राउ गरेको जनाएको छ । भाउजु नाता पर्ने महिलालाइ झारफुकको बहानामा देवर नाता पर्ने पुरुषले बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

लामो समय देखी टाउको दुख्ने रोगको बिरामी भएकी महिलाले काठमाण्डौ र धुलीखेलका अस्पतालमा गएर उपचार गरेपछि पनि रोग निको नभएको कुरा केही समय अघि आरोपितलाइ बताउनु भएकाे थियाे । यस्तो रोग आफुले झारफुकबाट निको बनाइदिने भन्दै देवरले भनेपछि ती महिलाले आप्mनो श्रीमान सहित साउन २० गते राती उहाँको घरमा जानु भएकाे थियाे।

घरमा देवरको छोरा र श्रीमती पनि रहेको तर झारफुक गर्दा उनले कोठामा अरु कोही बस्न नहुने बसेमा रोग निको नहुने भनेपछि सबै अर्को कोठामा बसेका थिए ।

बन्द कोठामा शिव पार्वती बन्नु पर्छ भन्दै महिला लाइ पार्वती र आफु शिव भइ केही समय झारफुक गरेको र पछि भगवान लाइ खुशी बनाउन भन्दै बलात्कार गरेको पिडित महिलाले बताउनुभयाे । पीडितको स्वास्थय परिक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा बिहीबार गरिएको प्रहरीले बताएको छ ।

आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयाे ।

यो संगै एक हप्ताको अवधिमा सल्यानमा बलात्कारका तीनवटा घटना भएका छन् । शारदा नगरपालिका–१२ मा १५ वर्षीया बालिका र शारदा नगरपालिका–६ मा १२ वर्षीया बालिका बलात्कारको शिकार भएको प्रहरीले बताएको छ ।

सवै घटनाका आरोपितलाइ प्रहरीले पक्राउ गरी आवश्यक कार्वाही अगाडी बढाइ सकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

एक हप्ता भित्रै शारदा नगरपालिका भित्र तीन वटा बलात्कारका घटना भएपनि राजनितिक पहुँचको आधारमा यस्ता घटना मिलाउने प्रयासका लागी दबाब आएकोे पीडित पक्षले बताए ।

बलात्कार पीडित परिवारका आफन्तले पीडित परिवार माथी आरोपित परिवारका सदस्यले कुटपिट गरेको समेत बताए । हाम्रै छोरीचेली माथि वलात्कार भयो अझ बयान नवदलेमा सिध्याइदिन्छौँ भन्दै कुटपिट गरे पिडितले भने हामी वेसाहाराको त दुखका दिन मात्रै रहेछन् ।

प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार १७:००