करार कर्मचारीलाई मोटरसाइकलले किच्ने प्रयास

रमेशकुमार वली
सल्यान, ३० साउन जिल्लाको छत्रेश्वरी गाउँपालिकाका करार कर्मचारीहरुमाथी बाम समर्थक जनप्रतिनिधिहरुले मोटसाइकल चलाउने प्रयास गरेका छन् । गाउँसभामा आफना माग राख्न भेला भएका करार कर्मचारीहरुमाथी बाम समर्थक जनप्रतिनिधिहरुले अभद्र व्यवहार गर्दै मोटरसाइकलले किच्ने प्रयास गरेका हुन् ।
करार कर्मचारीहरुले शुक्रबार सञ्चालन भइरहेको गाउँसभामा आफना मागहरु राख्ने तयारी गरिरहेको बेला नेकपाबाट निर्वाचित एक वडा सदस्यले कर्मचारीमाथी अपशव्द बोल्दै मोटरसाइकल चलाएको करार कर्मचारी संघर्ष समितिले आरोप लगाएको छ । पटक पटक आफना मागहरु राख्दा पनि बाम समर्थक जनप्रतिनिधीहरुले अभद्र व्यवहार गर्दै आएको करार कर्मचारी संघर्ष समितिका संयोजक दिलिप बोहोराले जानकारी दिनुभयो ।
“ हामीले आज हुने गाउसभामा आफना मागहरु राख्ने तयारी गरेर जम्मा भएका थियौं त्यतिबेला एकजना वडा सदस्यले आफुहरुमाथी अभद्र व्यवहार गर्दै मोटरसाइकलले किच्ने प्रयास गर्नुभयो, हामीले आफना माग राख्न पाउने की नपाउने?” संयोजक बोहराले भन्नुभयो ।
बाम समर्थक जनप्रनिधिहरुले आफुहरुलाई देखाएर राजनितिक बदला लिन खोजेको करार कर्मचारीहरुको आरोप छ । “हिजो उहाँहरुकै सहमतिमा हामीलाई गाउँपालिकामा आवश्यक छ भनेर राखिएको हो, आज पनि गाउँपालिकामा कर्मचारीहरुको अभाव हुदा हुदै कार्यकक्षमै गएर उहाँहरुले अभद्र व्यवहार किन गरिरहनुभएको छ यो बुझ्न सकेको छैनौ,” संयोजक बोहोराले भन्नुभयो ।
“उहाँहरु हामीसंग कुरा गर्न चहानु हुन्न तर बाहिर गाउँपालिका अध्यक्षले उचालेको भन्नुहुन्छ, हाम्रो पेशाका लागि कसैले उचालेको होइन,हमाीलाई बेमौसममा आएर हटाउन खोजिएकोले स्वस्फुर्त आन्दोलनमा गएका हौं , संयोजक बोहराले भन्नुभयो ।
करार कर्मचारीहरुप्रति अभद्र व्यवहार तथा मोटरसाइकल चलाउने प्रयास गरिएको भन्दै संघर्ष समितिले विज्ञप्ती मार्फत भ्रत्सना गरेको छ । आफनो हक हितका लागि माग पुरा नभए सम्म गाउँपालिकामा अझै शसक्त आन्दोलन गर्ने विज्ञप्तीमा जनाइएको छ ।
छत्रेश्वरी गाउँपालिकामा २० बर्ष देखि करारमा काम गर्ने कर्मचारीहरुलाई हटाउनुपर्ने बाम समर्थक जनप्रतिनिधिहरुले माग राख्दै गाउसभा बहिष्कार गर्दै आएका छन् । गाउँपालिका अध्यक्षले भने गाउपालिकामा आवश्यक भएरै करारमा कर्मचारी राखेकोले कुनैहालतमा पनि कर्मचारी नहटाउने अडानमा रहेका कारण गाउँसभाबाट बजेट पास हुन सकेको छैन ।
“गाउँपालिकामा आज पनि कर्मचारीको अभाब रहेको छ हिजो उहाँहरुकै सहमतिमा करारमा कर्मचारी राखिएको हो अहिले आएर हटाउने भन्ने कुरा नजायज हो यो हुन सक्दैन,” गाउँपाला अध्यक्ष सन्तोष केसीले भन्नुभयो ।
यता छत्रेश्वरी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष लिलाधर घर्तिले भने घटनाको बारेमा जानकारी नभएको बताउनुभयो । “म अलि पछाडी थिए साथीहरु गाउँसभा बहिष्कार गरेर निस्कन लाग्नभएको थियो के भयो थाहा भएन,” अध्यक्ष घर्तिले भन्नुभयो । उनले करार कर्मचारीहरुको कुरा नसुन्ने जानकारी दिनुभयो । “हामी घरमुलीसंग कुरा गर्न चहान्छौ घरमुली भनेको गाउँपालिका अध्यक्ष हुनुन्छ हामी उहाँसंग कुरा गर्ने हो,” घर्तिले भने ।

 

  • 139
    Shares

१ प्रतिक्रिया

  1. K kuro ho uta nekapale avdra byabahar vo thunne pryas vo vaner bigyapti nikalx kasko kura patyaunu je vani samachar dohiro hunu prthyo hjur pni katai jhuknu tt vayen samachar banaudaa

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close