
सल्यान – छत्रेश्वरी गाउपालिकाका कार्यपालिका सदस्यहरुले गाउँपालिका अध्यक्षले मनलाग्दी तरीकाले गाउँसभा बोलाएको आरोप लगाएका छन् ।
शुक्रबार एक विज्ञप्ती जारी गरी गाउँपालिका अध्यक्षले कार्यपालिकाको सिफारिसमा बोलाउनुपर्नेमा मनलाग्दी तरीकाले गाउसभा बोलाएको आरोप लगाएका हुन ।
१७ जना कार्यपालिका सदस्यहरुद्धारा हस्ताक्ष्रित विज्ञप्तीमा भनिएको छ –एक दिन विराएर आफुखुसि जुन दिन मन लाग्छ सोहि दिन आफुखुसि गाउँसभा बोलाउने नितान्त गैर कानुनी विषय हो ।
विज्ञप्तीमा सहज वातावरण नहुँदा सम्म गाउँसभामा आफुहरुको असहमति रहेको उल्लेख गरिएको छ ।
(हेर्नुहोस विज्ञप्ती)
प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार २१:३०