Kareshma Giri

  • ३१ श्रावण २०७७, शनिबार ०८:३६

सल्यानमा माक्स कारवहीबाट १ लाख ५७ हजार ६ सय राजश्व संकलन

करेश्मा गिरी /सल्यान ।

सल्यानमा हिजो मात्र माक्स कारवहीमा पर्ने ब्यक्तीको संख्या नौ हरेको छ । गत असार २७ को मन्त्री परिषदको निर्णले अनुर्सार कोभिड १९ रोकथाम नियन्त्रण तथा ब्यवस्थापनको लागी मन्त्री परिषदको निर्णले मास्क नलगाई घर बाहिर निस्किनेलाई पहिलो चरणको कारबाही स्वरुप प्रति व्यक्ती सय रूपैयाँका दरले जरिवाना गर्ने कार्यको सुरुवात गरेकाे थियो ।

संक्रामक रोग ऐन २०२० बमोजिमको व्यवस्था अनुसार प्रति व्यक्ती एक सय का दरले जरिवाना गर्ने कार्यको व्यवस्था सरकारले गरेको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गतका जिल्लाका बिभिन्न प्रमुख ब्यपारीक केन्द्रमा माक्स नलगाएर घरबाहीर निक्लीएकाहरूलाइ  कारवही गरीएको प्रहरीको भनाइ छ । जसमा जिल्लाको कालीमाटी बजारबाट तीन जना ,खलंगाबाट २ लुहामबाट २जना र भोटेचौरमा एक  र बानगाडमा एक  जना गरी जम्मा नाै जना कारवहीमा परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

उनिहरूबाट  जरिवाना स्वरूप नाै सय संकलन भएको छ । त्यस्तै आजसम्म जम्मा एक हजार ५सय ७६जना कारवहीमा परेको  जिल्ला प्रहरी कायार्लय प्रमुख डिएसपी ढकेन्द्र खतीवडाले बताउनु भयाे । जम्मा राजश्व १ लाख ५७ हजार ६ सय उठेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार ०८:३६