पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने

काठमाडौं ।

पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभएकाे छ  । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयाे ।

मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ ।

पश्चिमको तुलनामा पूर्वमा प्रदेश १ र प्रदेश २ मा भने कम पानी पर्ने छ । गत २४ घण्टामा पूर्वी भागका केही स्थानमा मध्यमखालको वर्षा भए पनि अधिकांस स्थानमा हल्का वर्षा भएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार ११:४२