Kareshma Giri

  • ३२ श्रावण २०७७, आईतवार १६:५८

त्रिवेणि गाँउपालिका द्दारा आईसुलेसन भबन निर्माण

प्रचण्ड खत्री / रुकुम पश्चिम

 रुकुम पश्चिमकाे  त्रिवेणी गाँउपालिकाले कोभिड १९ का बिरामीलाई मध्यनजर गर्दै १६ बेडको आईसोलेसन बार्ड तयार पारेको हो । गाउपालिकाको वडा नम्बर ३ को खारानेटामा रहेको स्वास्थ्य चौकी नजिकै सिमेन्टको पक्कि भबन निर्माण गरि आईसोलेसन वाड तयार पारिएको गाउपालिका अध्यक्ष झक्कु प्रसाद घर्तीले जानकारी दिनुभयाे । विश्व भरि कोरोना भाईरस फैलिरहेको अबस्था सिर्जना भएमा सक्क्रमितलाई राख्नको लागि ८ कोठे भबन निर्माण गरि त्यसमा आईसोलेसन वार्ड तयार पारिएको गाउपालिका अध्यक्ष घर्तीले बताउनुभयाे ।

कोभिड १९ का बिरामीका लागि भने ४ वटा एटेज बाथरुम सहितको कोठा रहेका छन भने एउटा कोठामा ४ वटा बेट अटाउने अबस्थामा रहेका छन गाउपालिका अध्यक्ष घर्तीले भन्नेनुभयाे ।स्वास्थकर्मीका लागि भने २ वटा कोठा प्रयोग हुने छन बाकि २ कोठा दर्ता चलानी र स्टोरको रुपमा प्रयोग हुने बताएको छ । पक्कि भबन निर्माण र आईसोलेसन वार्डका लागि ५७ लाख बजेट खर्च भएको गाउपालिकाले जनाएको छ ।

जसमा ३० लाख संघीय सरकारबाट प्राप्त भएको र बाकि खर्च रकम गाउपालिकाको रहेको अध्यक्ष घर्तीले बताउनुभयाे।  पुर्ब गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरको बिशेस पहलबाट बजेट आएको हो । गाउपालिकाका अध्यक्षका अनुसार आईसोलेसन राख्ने बेड अन्य सामाग्री ब्यबस्थापनमा स्वास्थ्यका लागि प्रणाली र नेपाल जनजागरण मंचले सहयोग गरेका छन । गाउपालिका भित्र कोराना लागेका व्यक्ति फेला परेमा १ हप्ता भित्र आईसोलेसनामा राख्न सकिने छ ।

भबन निर्माण देखि सबै सामाग्री ब्यबस्थापन लगायतमा काम सम्पन्न भैसकेका छन भने भबन रंगरोगन गर्ने , टाएल लगाउने लगाएतका काम बाकि रहेका छन । १ हप्ता भित्र आईसोलेसन प्रयोग गर्न मिलले भैसक्छ । भबन निर्माणको काम जेठ २५ गत्तेबात सुरु गरीएको थियो । त्रिबेणी गाउपालिकामा अहिले सम्म काेराेना सक्क्रमित छैनन ।

प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार १६:५८