Kareshma Giri

  • ४ भाद्र २०७७, बिहीबार १०:२९

पानिकाे चरम समस्या टार्न बर्षातमा आकासे पानी संकलन गर्दै ढाँरखानीवासी

करेश्मा गिरी / सल्यान

सल्यानकाे शारदा नगरपालीका १४ माल्नेटा ढारखानीका बासीन्दाहरु बर्षौदेखी पानीको समस्या भोग्दै आएका छन् । झण्डै एक सय ५० घरधुरी रहेको ढारखानीमा दुइ घण्टा टाढा रहेकाे एउटा मात्र पानीको मुहान स्थानियहरूले दैनीकी चलाउने गरेका छन् । पानिकाे चरम समस्या पछि स्थानियहरूले अहिले वर्षे पानी संकलनमा जुटेका छन् जसले गर्दा स्थानिय बासीन्दालाइ बर्षातमा भने केही राहत हुने गरेकाे छ ।

एकमात्र पानीको मुहान त्यसमा पनि झनै पालो कुर्नुपर्ने समयाले हैरान भएका बासीन्दा बर्षातमा भने केही सहज भएकाे स्थानीयको भनाइ छ । बर्षातमा प्रत्यक घरमा आकासे पानी जम्मा गर्ने गरिएको स्थानीय प्रशान्त घर्तीले बताउनुयो । उहाँले भन्नु भयो हामीले सफा भाडोमा बर्षातको पानी जम्मा गरेर हामी दैनीकी चलाउछौे  । जम्मा गरेर पछीसम्मको लागी पानि संकलन गर्ने गरेकोे उहाँको भनाइ छ ।

दुइ बर्ष अगाडी परेको शारदा खानेपानी लीफ्ट योजना अहीले सम्म अगाडी नबढेको उहाँको भनाइ छ । एउटा बर्षातमा एक घरमा कम्तीमा ५ सय लीटर सम्म पानी जम्मा गर्ने गरेको उहाँले जानकारी दीनुभयो ।

अहीले त्यहाँका मानीसहरु आकासबाट पानी पर्न सुरु हुनुलगतै प्रत्यकको घर बाहीर भाडामा पनी संकलन गर्ने गरेका छन् । यसरी संकलन गरेको पानी गाइ बस्तुलाइ खुवाउन,दैेनीकी चलाउन, नुहाउन, भाडा माझ्न, सौचालय आदीमा प्रयाेग गरीने गरेको स्थानीय नबिन गिरीको भनाइ छ । उहाँले भन्नुभयो हाम्रो गाँउमा पानीको धेरै समस्या छ, धारा टाढा छ, बर्षातको पानी संकलन गरेर आकासे पानीको सदुपयोग गर्ने गरेका छौ ।

प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार १०:२९