
इन्द्र बुढाथोकी
सल्यान ४ भदौ ।
बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चेमा बुधबार राती अविरल वर्षाका कारण बनगाड खोलाकाे बाढीले घर बगाएपछि एक परिवारकाे विचल्ली भएकाे छ । ४ काेठे घर लगाएत घर भित्रका सबै खाद्यान्न तथा सामान बगाएपछि पिडित प्रसादे बुढाको परिवार अहिले छिमेकीकाे घरमा बस्न बाध्य भएका छन ।
उहाँलाई बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का वडा अध्यक्ष पुरुषोत्तम आचार्यले २५ केजि चामल, एक केजि दाल, एक लिटर तेल, एक पोका नुन सहयोग गर्नु भएको छ । वडा अध्यक्ष आचार्यले विपत्ति परेका परिवारलाई समस्या परेको बेला थोरै भए पनि राहत सहयोग गरेको बताउनु भयाे ।
पीडित बुढाको परिवार अहिले बिचल्लीमा परेको छ । पिडितलाइ ४ न वडा कार्यालयले पनि खाद्यान्न सहयोग गरेको वडा अध्यक्ष मोमत रोकाले बताउनु भएको । स्थानीय वासिन्दाले पनि खाद्यान्न लत्ताकपडा लगाएतको सहयोग गरेका छन । साथै सक्दो सहयोग गर्न सबैमा पीडित बुढाले आग्रह गरेका छन ।
प्रकाशित मिति: ४ भाद्र २०७७, बिहीबार २२:२६