कोरोना संक्रमित थुनुवा भागे, प्रहरी अधिकारीमाथि पनि छानविन थालियो

बाँक–बाँकेमा एक कोरोना संक्रमित थुनुवा खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट भागेका छन् । फरार थुनुवाको खोजीमा प्रहरी टोली परिचालित भइसकेको जनाइएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेपछि संक्रमण पुष्टि भएका व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चार दिनअघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार १२:४७