सल्यानको बनगाडकुपिण्डे नगरपालिकामा १५ वर्षीया बालिकालाइ बला’त्कार प्रयास

मिना बुढाथोकी
सल्यान
१५ वर्षीया बालिकालाइ बला’त्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ । बालिका बलात्कारको आरोपमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वारा निवासी १८ वर्षीय सेते बस्नेतलाइ प्रहरीले सोमवार राती घरबाटै गिरप्तार गरेको जनाएको छ ।

भदौ ५ गते राती स्थानीय एक घरमा तीजको नाचहेर्न गएको समयमा घर फर्किदै गर्दा बाटोमा हातपात गरि बला’त्कारको प्रयास गरेको पीडित बालिकाका आफन्तले दिएको जाहेरमिा उल्लेख छ ।

नाच हेरेर घर फर्किने क्रममा बाटोमा उज्यालो देखाउने भनी बालिकाको मोबाइल मागेको र घर नजिकै पुगेपछि बालिकाले आफ्नाे मोबाइल फिर्ता मागेपछि युवकले हातपात गरि बला’त्कारको प्रयास गरेको पिडीतका आफन्तले बताए ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण सोमवार स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरियो । आरोपितलाइ हिरासतमा राखी घटनाका बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ८ भाद्र २०७७, सोमबार १७:३५