Kareshma Giri

  • ११ भाद्र २०७७, बिहीबार १६:०७

पुस्ता फेरियो तर गाँउको सिचाई कुलोले निरन्तरता पाएन

प्रचण्ड खत्री / रुकुम पश्चिम।

रुकुम पश्चिमको बाफिकोट गाउपालिकाको १  गाउमा पाचौ पुस्ता फेरिए पनि सिचाई कुलोले निरन्तर पाएन । गाउपालिकाको वडा नम्बर ४ खोलिबडगाउ टोलमा  सिचाई निर्माण हुन सकेको छैन ।

अहिले पनि उक्त ठाँउका स्थानीय किसानहरु बर्षातको भरमा धान रोपाई गर्छन भने हिउदमा गहु रोप्नको लागि आकासे पानीको भर पर्छन । अहिले सम्म सिचाई कुलोलाई भनेर साढे ३ करोड खर्च भैसकेको अर्का किसान जित बहादुर के सीले बताउनुभए छ । गाउपालिकाको वडा नम्बर ३ को पानिछिर्ना खोला देखि खोलिबडगाउ गाउ सम्म २ किलोमिटर सिचाई कुलो रहेको छ ।

असारको १५ गत्ते सम्म रोपाई गरि सक्नु पर्ने भएता पनि सिचाईको अभाबले यस ठाउमा साउनको ३ गत्ते सम्म रोपाई हुने गर्दछ । समयमै बालि नलगाउदा बालि उत्पादनमा कमि आउने बाफिकोट कृषि बिकास शाखाका कृषि प्राबिधिक टेक बहादुर खड्काले जानकारी दिनुभयाे । कृषि प्राबिधिक खड्काका अनुसार समयमै बालि नलगाउनुले मात्र नभई त्यसमा हुने बृद्दिले पनि उत्पादनमा कमी ल्याउने बतानुभयाे । त्यस गाउमा २७ घर दुरी भएता पनि टोलका सबै नमिल्नुको कारणले सबै खाले योजनामा गिरावाट आएको ६५ बर्सिय बृद्दा नन्दे खत्रीले बताउनुभएकाे छ ।

बर्से पिच्छे सम्म झारा गरेर त्यस ठाउका स्थानीयले सिचाई कुलोको जुगावट गर्दै आएको देख्न सकिन्छ । त्यस ठाउमा आएको बालुवाचौर खोलिबडगाउ डार्ने स्यार्पू दह सडक खण्डका कारणले पनि कुलो अबरुद्द भएको छ ।  माथि बाट आएको पहिरो र पहिरोसंगै आएको बाडीले धेरै जस्तो ठाउमा बिगारेको र कुलोको बिगारेको छ । उता बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर के सीले सिचाई कुलोको स्ठामेट गरि प्रदेश सरकार र संघीय सरकारमा पठाएको र स्वीकृत पनि भैसकेको बताउनुभयाे । अबको आउदो बर्षमा त्यस टोलका सबै स्थानीयहरुलाई झाडा बाट कुलो निर्माण गराउने बताउनु भयो

प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार १६:०७