कभर खबर

  • १२ भाद्र २०७७, शुक्रबार १७:५३

विभिन्न मुद्धमा फरार ७ जना प्रतीवादी पक्राउ

करेश्मा गिरी  / सल्यान ।
विभिन्न मुद्धमा फरार ७ जना प्रतीवादी पक्राउ जिल्ला प्रहरी कार्यलय सल्यानले करिब छ महिनाको अवधिमा विभिन्न मुद्धमा फरार सातजना प्रतीवादी पक्राउ गरेको छ । गत माघ २५गते जिल्ला प्रशासन कार्यालय सल्यानकाे आदेश अनुसार फरार प्रतीबादीहरू पक्रउ गरिएको हो ।
पक्राउ पर्नेमा कालीमाटी गाँउपलिका वडा नं. ५ बस्ने ४५ बर्षिय रोशन वली,सोही ठाँउ निवसी २० बर्षिय लाल बहादुर गिरी, २७ बर्षिय प्रकाश गिरी, ४० बर्षीय युबराज गिरी, ३५ बर्षीय बेल बहादुर गिरी,४५ बर्षीय झमन सिहं गिरी र ३० बर्षीय दन बहादुर वली रहेका छन् ।
उनीहरू सबै अवैध हातहतियार खरखजना मुद्धामा फरार प्रतीबादीहरू पक्रउ परेका जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतीवडाले जानकारी दिनुभयाे । सातैजना फरार प्रतीबादीलाइ शुक्रबार पक्रउ गरी कैद भुक्तानीको लागी जिल्ला प्रशासन कार्यलय सल्यानमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार १७:५३