
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाफिकोट गाँउपालिका वडा नम्बर ४ छिनखेतमा रहेको शहीत गेट २ बर्ष सम्म निर्माण हुन सकेको छैन । २०७५ साल चैत्र १७ गत्ते देखि निर्माण सुरु गरिको थियो । २ बर्ष भित्र निर्माण गरिसक्ने योजना भएता पनि अहिले सम्म ६० प्रतिशत मात्र काम भएको काम जिम्मा लिएको शहीत परिवार समाज बाफिकोट गाँउपालिकाका उपाध्यक्ष टिकाराम खत्रीले जानकारी दिनुभयाे ।
१० बर्षे जनयुद्दमा राज्य र सरकारको तर्फबाट मरेका व्यक्तिहरुको सम्झनामा उक्त गेट निर्माण गर्न लागिएको थियो । छिनखेतको अस्थाई प्रहरी पोस्ट नजिकै निर्माण गर्न लागेको शहित गेटको काम किन अन्योलमा परेको हो भन्ने प्रश्न पनि उठ्न थालेको स्थानीय लोक बहादुर बुढाथोकीले बताउनुभयाे ।त्रिकोणात्मकको आकारमा निर्माण कार्य थालिएको थियो । पहिलो बर्षमा ४ लाखको ६० प्रतिशत काम गरेता पनि दोश्रो बर्षमा निर्माण गरि सक्ने भएता पनि आर्थिक अभाबका कारण निर्माण हुन नसकेको बाफिकोट गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लीलाराम बिकले जानकारी दिनुभएकाे छ ।
बाफिकोट गाउपालिका भित्रका ८५ जना शहितको नाम झल्कने गरि स्तम्ब राखिने बताएको थियो । शहित गेट निर्माण भएपनि शहित परिबारका आफन्त खुसी देखिने शहित परिबारका १ सदस्य देब बहादुर खड्काले बताउनुभयाे । उता बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर के सीले भने विश्व भरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण अधुरो काम पुरा हुन नसकेको जानकारी दिनभयाे । यहि आर्थिक बर्षमा गेटको सबै काम सक्ने गरि शहित परिवार समाज र बाफिकोट गाउपालिका लागिरहेको बताउनुभयाे ।
यहि बर्षमा काम भई शहितका नाम राखिने बताउनुभयो । बाफिकोट गाउपालिकामा यस अघि कुनै ठाउमा शहित गेट निर्माण गरेका छैनन । कुनै स्थानीय तहले सिमा नाकामा राखेका छन भने कुनैले पालिकाको भबन भएको ठाउमा राखेका छन । शहित गेटले शहितको झल्को आउने बताएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार १४:५९