
मानिस जन्मीसकेपछी उसको हरेक अवस्थामा विभिन्न परिवर्तनहरु आउने गर्दछ । खास गरेर युवा अवस्थामा प्रवेश गरेपछी मानिसमा विभिन्न किसिमका परिवर्तनहरु देख्न सकिन्छ । त्यस मध्ये पनि हरेक महिलाको शरीरमा २० वर्षपछिको उमेरमा शरीरमा परिवर्तन आउँने गर्दछ । यो स्वभाविक प्रकृया हो । हर्माेनको परिवर्तनसंगै आउने शरीरको बदलावका कारण कतिपय महिलालाई यो अस्वभाविक लाग्न सक्छ ।
१९ वर्षपछिको महिलाको उमेरलाई युवती भनिन्छ । किशोरीबाट युवती बनेसंगै महिलाको शरीरमा देखिने परिवर्तनहरु यहाँ प्रस्तुत गरिएको छ ।
यो उमेरको प्रवेशसंगै महिलाको पेट, छाती लगायतका अंगमा रौं आउन थाल्दछन् भने हर्मोनमा परिवर्तनका कारण यो उमेरपछि महिलाको शरीरमा डन्डिफोर आउने गर्दछ ।
यस्तै २० वर्षको उमेरपछि किशोर हुदाँको तुलनामा महिलाको शारीरिक वजन बढ्ने गर्दछ । महिलाको छाला किशोर उमेरको तुलनामा रुखो हुने गर्दछ ।
यो उमेरपछि हर्मोनको परिवर्तनले महिलाको महिनावारी सहि समयमा नहुन सक्छ भने कतिपय अवस्थामा २० को उमेरपछि हर्मोन परिवर्तनका कारण कपाल रुखो हुने गर्दछ ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ । अधिकाशं युवतीमा यो उमेरपछि स्तनको आकार बढ्ने गर्दछ भने कतिपय युवतीमा यो उमेरपछि निप्पल कालो हुने गर्दछ ।
प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार १०:३९