अमेरिकाबाट बाडी पिडितलाई सहयोग

प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम पश्चिमकाे  बाफिकोट गाउपालिका वडा नम्बर ९ झुला स्यालाका बाडी पिडितलाई अमेरिकामा बस्ने युवाहरुले आवास बनाउनको निम्ति आर्थिक सहयोग गरेका छन । साउन १३ गत्ते राति गएको पहिरोले स्याला निबासी जसबिर कामिका २२ बर्सिय छोरा नबिन बिक र छिमेकी हस्त बहादुर सुनुवारका १६ बर्सिय छोरा र जसबिरकि ६० बर्सिय श्रीमती झुमी कामीको निधन भएको थियो । रातभर परेको अविरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले घर बगाउदा घर भित्रका सामानहरु पहिरोले पुरिदिएको थियो । घर पुरिदा बस्ने ठाउ समेत नभएपछी उनीहरुलाई स्थानीयको सहयोगमा घडेलि निर्माण देखि घर बनाउने समेत रहेको स्थानीय सदु बिकले जानकारी दिनुभएकाे छ  ।

बस्ने घर समेत नभएपछी उनीहरुलाई अमेरिकामा बस्ने बाफिकोट गाउपालिका बासि युवाहरुले अमेरिकामा आर्थिक सहयोग संकलन गरि पठाएको आर्थिक सहयोग संकलन कर्ता गोर्ख कुसारिले बताउनुभयाे । अमेरिकाबाट सबभन्दा बडी विजय कुमार खत्री , बिर्ख खत्री , देब खत्री , हरि खत्री र मनराज देबकोटाले २५१ अमेरिकी डलर सहयोग गरेको संकलन कर्ता कुसारिले बताउनुभयाे ।

उहाँहरुले अनु आधारभूत विद्यालयको खातामा पैसा पठाईदीएको बिद्यालयका प्रअ र ब्यबस्थापन समितिले निकालेर आज हस्तान्तरण गरेको बताइएको छ । अमेरिकामा बस्ने ६६ जना युवाहरुले नेपालि रुपैया ५ लाख २५ हजार पठाएका थिए । अमेरिकामा बस्ने युवाहरुले आर्थिक सहयोग गरेपछि पिडित परिबार खुसि भएका छन । अमेरिकामा गोर्ख कुसारि, मनराज देबकोटा , बिजय कुमारी खत्री , कमल खनालको रकम संकलन गरेका थिए ।

यस अघि दलित नेता दिपक बिकले १५ हजार बराबरको खाध्यान सहायोग गरेका थिए भने नेपालि कांग्रेसका युबा नेता जनक बाठाले ५ हजारको सामान सहयोग गरेको बताएको छ । नेपाल रेडक्रस सोसाईटी जीला शाखाले केहि राहात सहयोग र सयुक्त दलित अधिकार मंचले किरिया खर्च भनेर १० / १० हजार सहयोग गरेको बताएको छ । आज एक कार्यक्रम बीच गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले पिडित परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष के सीले यो घटनाले गाउपालिका बासीलाई शोकाकुल बनाएको र आफुले गाँउपालिकाबाट आउने राहालालाई अझै थप गरि दिने प्रतिबद्धता गर्नुभयो । अमेरिकामा बसेर गाउको निम्ति गरेको कार्यले आफुले निकै मनोहित बनाएको बताउनु भयो । अनु आधारभुत बिद्यालयको प्राङ्गनमा भएको कार्यक्रममा बिद्यालयका अध्यक्ष मन बहादुर कुसारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष धर्म बहादुर केसीको प्रमुख आतित्यता रहेको थियो भने कार्यक्रमको संचालन वडा नम्बर ६ का वडा सचिब मोहोन रिजालले गर्नुभएको थियो ।

प्रकाशित मिति: १५ भाद्र २०७७, सोमबार १६:५९