नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय ८० पुग्यो

काठमाण्डौँ – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

३ जना महिला र ६ जना पुरुष संक्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । देशभर आइसीयूमा रहेका संक्रमित बिरामीको संख्या १६७ जना रहेको छ । भेन्टिलेटर २४ जना रहेका छन् ।

प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार १७:०९