खाना पचाउन देखी शरीरमा चिनिको मात्रा घटाउन अकबरे खुर्सानी सेवन गरौँ

अकबरे खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि चिनिन्छ । आवश्यकताभन्दा ज्यादा खाँदा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ‘ज्यानमारा’ भनेर चिनिएको हो ।

खुर्सानी साधारणतया पिरो स्वाद दिने फल हो । खुर्सानीको पिरो तत्वलाई ‘क्याप्सिसिन’ र त्यो वनस्पतिलाई ‘क्याप्सिकम’ भनिन्छ । यसलाई अकबरे भनेर पनि चिनिन्छ । अरु खुर्सानीको तुलनामा यो अझ पिरो र स्वादिलो हुन्छ ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू

– खाना पचाउने काममा विशेष सहयोग पुर्‍याउने काममा अकबरे खुर्सानीले सहायता पुर्‍याएको हुन्छ ।

– माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।

– नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।

– कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ ।

– हाडजोर्नीमा हुने दुःखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।

– कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउन पनि अकबरे निकै फाइदाजनक साबित छ ।

– डायबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।

– शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ ।

– रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।

– ग्यास्टिक तथा अल्सर रोग निदान हुन मद्दत पुर्‍याउँछ ।

– पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ ।

– अकबरे हालेर पकाएको खाना किटाणुरहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।

– थकान घटाएर शरीरमा चंगा बनाउन विशेष भूमिका खेलेको हुन्छ । तसर्थ तपाईंलाई अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सक्नुहुन्छ ।

– यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धी मात्र होइन अन्य रोगी निको पार्न समेत फाइदा पुर्‍याउँछ ।

– एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्दत गर्छ ।

-आर. बी. बुढाथोकी

प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार १७:२२