
दाङ-
घोराही उपमहानगरपालिका वडा नं ४ मा रहेको कृत्रिम जलासयमा नुहाउने क्रममा एक जना युवक बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–४ को भकारेमा रहेको कमिरे ड्याममा आइतवार दिउँसो नुहाउने क्रममा घोराही–४ निवासी २३ बर्षीय गोपाल विक बेपत्ता भएको घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिनुभयो ।
करिव दिउँसो दुई बजेतिर पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका ती युवकको खोजी कार्य भइरहेको वडा अध्यक्ष सार्कीले जानकारी दिनुभयो । पोखरी नजिकै मैदानमा फुटवल खेल्ने क्रममा गर्मी भएपछि पोखरीमा नुहाउन पुगेका सुनार पौडी खेल्ने क्रममा पोखरीमा डुवेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । केही महिना अघि पनि घोराही उपमहानगरपालिका–१७ मा रहेको कृत्रिम जलासयमा पनि एक युवकको डुवेर मृत्यु भएको थियो ।
प्रकाशित मिति: २१ भाद्र २०७७, आईतवार १९:१६