आपँको रुखबाट लडेर गम्भिर घाइते पुरुषको जिल्ला अस्पतालमा ज्यान गयो ।

प्रचण्ड खत्री /रुकुम पश्चिम 
रुकुम पुर्वमा आपँको रुखबाट लडेर एक युबाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ स्थित ढकालबारा निवासी २६ वर्षिय बसन्त बोहोराको आपको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका सूचना अधिकारि प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभएकाे छ ।

उहाँका अनुसार हिजो साझ साढे चार बजेतिर आप खानको लागि घर नजिकैको आपको रुखमा चढेका बोरोहा रुखबाट लडेर गम्भिर घाइते हुनर भएका थिए । गम्भिर घाइते बोहोरालाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पुर्वमा पुर्याइएको थियो ।

उहाँको जिल्ला अस्पतालमै उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको सवलाई पोष्टमाटमका लागि जिल्ला अस्पतालमा रहेको सव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी गुरुङले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार १३:३९