जिल्ला प्रहरी कार्यालय सल्यानकाे नारा, न्याय बिक्री हुन दिंदैनाै

सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाले आफ्नो कार्यालयमा न्याय बिक्री नहुने बताउनु भएकाे छ। भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका  डिएसपी  थापाले अाफ्नाे कार्यकालमा  कसैले पनि न्याय नपाएकाे गुनासाे गर्ने ठाउँ नरहने बताउनुभयाे ।

आइतबार जिल्ला स्थित पत्रकारहरुबिच जिल्ला प्रहरी कार्यालयमा भएको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी थापाले कसैको दबाब र प्रभावमा आएर आफुले काम नगर्ने बताउनुभयाे। कानुन सबैका लागी बराबर हुने बताउँदै  उहाँले सबैले कानुनको पालना गर्नुपर्ने भन्दै  निष्पक्ष रुपमा काम गर्ने बताउनुभयाे।

जिल्लाको शान्ती सुरक्षाको लागि कुनै कसर बाकी नराख्ने उहाँकाे भनाइ छ।  सत्य,सेवा र सुरक्षा प्रहरी संगठनको मुलमन्त्र भएको बताउदै उनले सत्यमा आधारित भएर छिटो छरितो सेवा प्रवाह गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती गराउने समेत उहाँकाे भनाइ छ ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार २१:२१