
इन्द्र बुढाथोकी / सल्यान ।
पुर्वी सुर्खेतको सिम्ता गाउपालिकामा जनप्रतिनिधिमा कोरोना देखिएको छ । जनप्रतिनिधि र गाउपालिका कर्मचारीमा कोरोना देखिए पछि समुदायमा त्रास बढेको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी र चालक निरक रावतललाई केही दिन अघि कोरोना संक्रमण देखिएको थियोे । अध्यक्षलाई कोरोना पोजेटिभ भए पछि केसीको कन्ट्याक्ट्मा रहेका ५४ जनाको चेकजाँच गरिएको थियोे ।
जस मध्ये गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरी, गाउँपालिकाका निमित्त प्रशास अधिकृत टोपवहादुर राना, योजना शाखाका अर्जुन राना लगायत ९ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको गाउँ स्वास्थ्य शाखा संयोजक विरेन्द्र पुनले जानकारी दिनुभएको छ । अध्यक्ष केसी लगायत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उक्त टिममा सिम्ता गाउपालिकामा विभिन्न भारत तथा तेस्रो मुलुक देशबाट गाउपालिका आएका ३ हजार मानिस सिम्ता गाउपालिका भित्रीएका क्वारेन्टाइन राख्न व्यवस्थापनमा खटिका थिए । कोरोना नियन्त्रणमा निकै खट्ने टोलीहरुमा यतिबेला कोरोना संक्रमन्न देखा परेको छ । सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना भएको पुष्टि भएसँगै सिम्तामा कोरोना महामारीले ठुलो रुप लिन सक्ने सम्भावना रहेको छ ।
सिम्ता गाउँपालिका वडा नं. ६ ठिग्नी निवासी हाल सल्लीबजारमा बस्दै आउनु भएका यातायात व्यवसायी ईश्वर विसीलाई समेत कोरोना पोजेटिभ रिपोर्ट आएको छ । विसिलाई कोरोना पोजेटिभ आए सङ्गै सल्यानको बनगाड कुपिण्डे नगरपालिका लगाएत सल्लीबजार पनि उच्च जोखिममा हुन सक्न्ने स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार ०९:४२