
सल्यान ।
सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । बुधबार बिहान साढे १० बजे जिल्लाको भोटेचौरबाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएकोे हाे ।
१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको प्रहरीकाे भनाइ छ ।जसमा घाइते हुनेमा दार्मा ६ का भक्त केसि, बागगचौर ६ का पदम वलि, दार्मा ६ का नेत्र मल्ल, छत्रेश्वरि ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरि ६ का नवीन घर्ती,अपेक्षा केसि,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसि रहेको प्रहरिले बताएको छ।
घाइते सबैको अहिले श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ,भने गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ।
प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार १३:५३