संविधान दिवसको अवसरमा सल्यानका सांसदहरुद्दारा शुभकामना व्यक्त

सल्यान
सल्यान जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद टेक बहादुर बस्नेतले संविधान दिवसको अवसरमा शुभकामना दिंदै संविधानको कार्यान्वयनमा एकजुट हुन आग्रह गर्नु भएको छ । उहाँद्दारा दिइएको संदेशमा संविधानको मुल मर्म र भावनालाइ आत्मसात गर्दै कार्यान्यनमा जुट्नुको विकल्प छैन भनिएको छ ।


नेपाली जनताको श्रम, पसिना र रगतसंगै झण्डै ३ करोड नेपाली जनता मिलेर संविधान निर्माण गरेकोले कार्यान्वयनमा ध्यान दिन सबैलाइ आग्रह गर्नुभयो । कभरखबरसंग कुरा गर्दै उहाँले भन्न्ुभयो संविधानको मूल(मर्म र भावनालाई आत्मसात गर्दै संविधानको कार्यान्वयनमा एक जुट होऔं, यो संविधान दिवशमा संपूर्ण श्रमजीविवर्ग र समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


यस्तै सल्यानका प्रदेश साँसद तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनताका मौलिक हक, अधिकार सुनिश्चित गर्दै समाजबादको गन्तब्यमा पुग्ने ढोका खोलेको र शहिदको रगतले लेखिएको महत्वपूर्ण दस्तावेज अर्थात जनताको संविधान जारी भएको राष्ट्रिय दिवसको अवसरमा जनताको प्रतिनिधि संविधान सभा सदस्यको हैसियतमा संविधान निर्माणमा सकृय भुमिका खेल्ने र जनताको वारेसको रुपमा संविधानमा हस्ताक्षर गर्ने अवसर पाएकोमा आफुलाइ गौरवको अनुभूति भएको बताउनु भएको छ ।
यस अवसरमा ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धा सुमन अर्पण गर्दै सबै घाइते अपाङ्ग तथा सहिद परिवारलाई सम्मान प्रकट गर्दै संविधान दिवसको यस पुनित अवसरमा संविधानको रक्षा, पालना एवं कार्यान्वयनको साझा दायित्व पूरा गरौं भन्ने सबैमा अपिल सहित स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक बधाई तथा धेरै शुभकामना व्यक्त गर्नु भएको छ ।


शुभकामना संदेश व्यक्त गर्दै सल्यानका प्रदेश सांसद तथा नेकपाका कर्णाली प्रदेश सचेतक गुलाब जंग शाहले संविधान स्थानपना भएको पाँच वर्ष पुरा भएको अवसरमा नेपालको संविधानलाइ अक्षरस पालना गर्न सबै राजनितीकर्मी,पत्रकार,बुद्दिजीवी शिक्षक,कर्मचारी आम जनता सबैलाइ अनुरोध गर्नु भएको छ । हामी सबैको आ आप्mनो ठाउँमा कुनै न कुनै भुमिका रहन्छ,तसर्थ संविधानलाइ अक्षरस पालना गराउन हामी सबै लाग्नु पर्छ शुभकामना संदेश दिंदै उहाँले भन्नुभयो, जस्को जहाँ जे जिम्मेवारी र भुमिका छ त्यसलाइ मध्यनजर गर्दै संविधानलाइ अक्षरस पालना गराउने र यो संविधानलाइ वर्षौ वर्षसम्म लागु गराउन तर्फ तपाँइ हामी सबै लागौं ,सबैले भुमिका खेलौं भन्न चाहन्छु । उहाँले देश र विदेशमा रहनु भएका सम्पुर्ण सल्यानी र नेपाली जनतालाइ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ३ आश्विन २०७७, शनिबार ११:३९