अस्पतालको आइशोलेसन बन्द

बाँके- कोरोना संक्रमित शुन्यमा झरेपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइशोलेसन बन्द गरिरएको छ ।जिल्लामै पहिलो पटक स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको हो । पछिल्लो पटक शनिबार २२ जना कोरोना संक्रमण मुक्त भएसँगै अस्पतालमा कोरोनाको सेवा पनि बन्द गरिएको हो ।

उपचाररत सबै संक्रमित संक्रमण मुक्त भएपछि आइसोलेसन बन्द गरिएको र अब क्यान्सर रोगका बिरामीको उपचार सुरू गरिने  अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए। अब कोही कोरोना संक्रमण भएर आए उनीहरूलाई भेरी अस्पतालमा पठाइने तय भएको तय भएको छ ।

क्यान्सर रोगीमा कोरोना संक्रमण देखिएमा मात्र क्यान्सर अस्पतालमा राखेर उपचार गरिने उनले बताए। प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो। उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो।

प्रकाशित मिति: ४ आश्विन २०७७, आईतवार १०:३९