स्थानीयमा कोरोना संक्रमण देखिएपछि सल्यान खलंगाको डाडागाउँ शिल

सल्यान ।

तिनजना स्थानियमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यानको खलंगा स्थीत डाँडागाउँ क्षेत्र शिल गरिएको छ । शारदा नगरपालिकाको वडा नम्बर २ अन्तरगत डाडाँगाउँ क्षेत्रका स्थानीयमा कोरोना संक्रमण भएको पुष्टी भएपछि सो आसपास क्षेत्र सिल गरिएको वडा अध्यक्ष केशव सि श्रेष्ठले जानकारी दिनुभयो ।
असोज ५ गते गरिएको स्वाब संकलनमा डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारी र स्थानीय एक जना पुरुषमा कोरोना पुष्टि भएपछि थप संक्रमण हुन नदिन डाँडागाँउ आसपास क्षेत्र सिल गरिएको उहाँले बताउनु भयो ।
०७७ असोज ९ गतेदेखी १५ गतेसम्म पुरोनो बसपार्कको प्रतिक्षालय,आयुर्वेद कार्यालय र शसत्र ब्यारेकको कार्यालय–काजीधारा आसपासको क्षेत्र पुर्ण रुपमा सिल गरिएको हो ।
अत्यावश्यक सामान खरिदका लागी विहान ६ बजेदेखी ९ बजेसम्म मात्रै पसल खोल्ने र अरु समयमा घरभित्रै बसेर वडाले गरेको निर्णय कार्यान्वयन गर्न वडा कार्यालयले सबैमा अनुरोध गरेको छ ।
वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि जिल्ला स्थित डिभिजन वन कार्यालय सहित तीन सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिनुभयो।
संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका, बागचौर नगरापलिका र सिद्ध कुमाख गाउँपालिका सिल गरिएको उहाँको भनाई छ ।
नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । नेपालगञ्ज उपचारको क्रममा कोरोना सरेको अनुमान गरिएको छ । संक्रमित तिनै जनालाइ अहिले लुहापिङको आइसोलेसन कक्षमा राखिएको कारोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ८ आश्विन २०७७, बिहीबार १६:१५