
सल्यान ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सल्यानमा सभा सम्मेलन र शैक्षिक संस्था संचालन गर्न नपाइने भएको छ । कोरोनालाइ समुदायस्तरमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सल्यानले यस्ता खालका गतिविधि पुर्ण रुपमा बन्द गर्न आदेश दिएको छ ।
असोज ९ गतेदेखी अर्को आदेश नभएसम्म कुनैपनि यस्ता खालका कार्यक्रम गर्न गराउन पाइने छैन् । यदि कसैले यस आदेश विरुद्दका गविधिहरु गरे गराएको पाइएमा संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी हेमराज तामाँगले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले असोज ८ गते विज्ञप्ती प्रकाशित गर्दै खुल्ला स्थानमा भेला हुन, शैक्षिक संस्था सञ्चालन गर्न, धार्मिक तथा सांस्कृतिक स्थान सञ्चालन गर्न, सभा सम्मेलन गर्न बन्द गरेको र अटेर गरे कारबाही गरिने जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार ०८:२५