कभर खबर

  • १६ आश्विन २०७७, शुक्रबार १२:०६

नेपालमा आउने अन्तर्राष्ट्रिय उडानमा असोज १५ बाट, मागेजति अनुमति

काठमाडाैं ।

दशैँ-तिहारको समय पारेर बिहीवारदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरूलाई मागेजति अनुमति दिन थालिएको बताइए पनि अहिलेसम्म १४ वटा विमानसेवाले मात्र नियमित उडानका लागि अनुमति लिएको उड्डयन अधिकारीहरूले जनाएका छन्।

सामान्य अवस्थामा दैनिक एक सयको सङ्ख्यामा आउजाउ उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले प्रतिबन्ध खुकुलो पार्दा समेत तत्काल दैनिक केही समय दुईदेखि साढे दुई दर्जनको हाराहारीमा मात्र उडान हुने देखिएको अधिकारीहरूको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्: “यतिखेर काठमाण्डू विमानस्थल दैनिक २१ घण्टा खुलेको छ। विमानसेवाहरूले मागेजति उडान अनुमति पाएका छन्। तर सामान्य अवश्था आउने  तत्काल सहज देखिंदैन।”

प्राधिकरणले हाललाई अक्टोबर २४ सम्मको लागि उडान तालिका सार्वजनिक गरेको हो। त्यसबीचमा दैनिक १३ देखि १५ वटा अन्तर्राष्ट्रिय आगमन उडान हुने प्राधिकरणको तालिका छ। तर यात्रुहरूका लागि सरकारले बढीमा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट भने अनिवार्य गरेको छ।

प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार १२:०६