कोरोनाको संक्रमण बढेकाले पीसीआर परिक्षण गर्न सल्यानका कैदीबन्दीहरुको माग

मिना बुढाथाेकी,सल्यान 
जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कारागार कार्यालय सल्यानमा रहेका कैदीबन्दीले आप्mनो पनि पीसीआर परिक्षण गर्न माग गरेका छन् ।क्षमता भन्दा झण्डै सात गुना बढी कैदी बन्दीहरु कारागारमा बस्नु पर्ने बाध्यता रहेको समयमा नयाँ कैदीबन्दीहरुबाट कारागारमा समेत कोरोना संक्रमणको जोखिम रहेकाले पीसीआर परिक्षण गर्न उनिहरुले माग गरेका हुन् ।

जिल्ला कारागार सल्यानका चौकीदार हरिलाल अधिकारीले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएकाले सामाजिक दुरी समेत कायम गर्न नसक्ने अवस्था रहेकाले पीसीआर परिक्षण गर्न आवश्यक रहेको  बताउनुभयो । घवर्गको सल्यान कारागार २० जना कैदीवन्दी राख्ने क्षमताकोे हो ।

तर आच्चकुच्च गरेर ४० जना सम्म राख्न सक्ने अवस्था भएपनि अहिले १ सय ४८ जना केदीबन्दी बस्नु पर्ने बाध्यता रहेको छ । कैदीहरुले पटकपटक पीसीआर परिक्षण गर्नुपर्ने माग राखेपछि यस विषयमा आफुले जिल्ला प्रशासन कार्यालय सल्यानमा करिब तीन साता अघिनै पत्र पठाइ सकेको जिल्ला कारागारका जेलर बल बहादुर केसीले बताउनुभयो ।

समुदाय स्तरमा समेत कोरोना पोजेटिभहरुको संख्या बढ्दै गएकाले नयाँ आउने कैदीबन्दीहरुको स्वास्थ्य परिक्षण गर्नु पर्ने आवश्यकता रहेपनि प्रशासन कार्यालयबाट कुनै पनि जानकारी नआएपछि परिक्षण गर्न नसकी रहेको जेलर केसीले बताउनुभयो । जिल्ला अस्पतालको सहकार्यमा परिक्षण गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो ।यस विषयमा प्रशासन कार्यालयबाट स्वीकृति आएको छैन् ।

यता प्रमुख जिल्ला अधिकारी हेमराज तामाँगले नेपाल सरकारलेनै लक्षण नदेखिएको खण्डमा कसैको पनि स्वास्थ्य परिक्षण गर्न अनिवार्य छैन भनेर निर्देशन आएकाले तत्काललाइ कैदीबन्दीहरुको स्वास्थय परिक्षण नगरिएको बताउनुभयो । नयाँ आउने कैदीबन्दीहरुको हकमा भने स्वास्थ्य परिक्षण संगै कोरोना सम्बन्धीको सामान्य लक्षण बारे परिक्षण गरेर मात्रै ल्याउन भनेर मातहतका कार्यालयहरुमा निर्देशन दि सकेको बताउनु भयो ।

अहिले कारागारमा चार नाबालक सहित १ सय ४८ जना कैदीबन्दी रहेकोमा १ सय २५ जना पुरुष र २३ जना महिला रहेको जेलर केसिले बताउनुभयो ।कारागारमा प्रयाप्त कोठा समेत छैनन् उहाँले भन्नुभयो,‘पुरुषको लागी ६ वटा कोठा रहेका छन भने महिला का लागी २ वटा कोठा मात्रै रहेका छन ।’ कैदीबन्दीको चाप अत्याधिक भएकाले २२ जना पुरुष कोठा बाहिर सुत्नु पर्ने बाध्य छन् ।

प्रकाशित मिति: १६ आश्विन २०७७, शुक्रबार १३:४२