बनगाडमा रेरी बाकेले अपांगलाई अपांग मैत्री सामाग्री हस्तान्तरण

इन्द्र बुढाथोकी / सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेका अपांगहरुलाइ अपांग मैत्री सामाग्री हस्तान्तरण गरिएको छ । रेरी बाकेले हिजाे एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री हस्तान्तरण गरेको हो । हुइल चेयर १० वटा, बैशाखी २० सेट र स्टिल १० वटा गरि २ लाख बराबरको अपांग मैत्री सामाग्री सस्थाले सहयोग गरेको छ ।

सामाग्री सहयोग कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरिले अपांगहरुलाइ सबैले सम्मान गर्नु पर्ने र नगरपालिकाको तर्फबाट अपांग मैत्री बजेको व्यवस्थापन गर्ने र अपांगलाई सीप सिकाउनको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । नगरपालिका अहिले अपांग जम्मा १ सय ५० भन्दा बढी रहेको र अहिले परिचयपत्र वितरणको काम गरिरहेको समेत बताउनु भएको छ ।उहाहरुले सक्दो आवश्यकता अनुसारको सिपको व्यवस्थापन गर्ने बताउनु भएको छ ।

रेरि बाकेका अध्यक्ष पुनित बिक्रम शाहले अपांगको लागि बनगाड कुपिण्डे नगरपालिकामा आफुहरुले २ वर्ष सम्म काम गर्ने र ८० जना अपांगलाई सीप सिकाएर रोजगारमा लगाउने उदेश्य रहेको अध्यक्ष शाहले बताउनु भएको छ । अपांग रास्ट्रीय महासंघ केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र खड्काले अपांग बिषयमा प्रष्ट पार्दै अपांगको लागि केन्द्रले गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो अपांग हरुको लागि क्षमता अनुसारको सीप सिकाउनु पर्नेमा जोड दिनु भएको थियो ।

महिला तथा बालबालिका शाखा बनगाड कुपिन्डे नगरपालिका लक्ष्मी शाहिले रेरी बाके सल्लाहकार धनानाथ खनाल, सुर्खेतका अपांग सिम्ताका अध्यक्ष योगेन्द्र शाही लगाएतले बोल्नु भएको थियो अधिकासले राज्य अपांगको लागि कार्ड भन्दा क्षमता अनुसारको सिपको व्यवस्था गर्दिन माग गरेका थिए । कार्यक्रम अध्यक्ष समन्वय अपांग संजाल बनगाड कुपिण्डे नगरपालिका अध्यक्ष जनक सिहले गर्नु भएको थियो भने सन्चालन सृष्टि शाहले गर्नु भएको थियो ।

प्रकाशित मिति: १७ आश्विन २०७७, शनिबार ०९:३६