सल्यानमा  एक बालक बेवारिसे अवस्थामा जंगलमा फेला

सल्यान ।

सल्यानमा  बेवारिसे अवस्थामा  एक बालक जंगलमा फेला परेका छन् । श्रीनगर र  खलंगा   सडकमा पर्ने मैसेपानी असपासमा विहान ६ बजे अन्दाजी १ बर्षको वेवारिसे वालक फेला परेका हुन । सालघारी जंगलमा सोमबार बिहान ती बालक रुँदै गरेको अवस्थामा फेला परेका हुन् । बालकको उमेर करिब १ बर्ष जतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थान नजिकै बालकको कपडा र एउटा झोला समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीनगरका स्थानियहरु मर्निङवार्क गएको समयमा उक्त बेवारिसे बालकलाई रोइ राखेको अबस्थामा फेला पारेका थिए । त्यस लगत्तै उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।

आमाले बालकलाई रातिनै जंगलमा छाडेर गएको हुनसक्ने अनुमान गरिएको छ । अहिले ती बालकलाई सल्यान अस्पतालमा लगेर राखिएकाे छ भने  बालकको अवस्था सामान्य रहेको प्रहरीकाे भनाइ छ  ।  घटनाबारे अनुसन्धान भैरहेको  प्रहरी प्रमुख डिएसपि गोबिन्द थापाले बताउनुभयाे ।

प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार ०९:१६