कभर खबर

  • २० आश्विन २०७७, मंगलवार १४:४५

बाँफिकोट गाउँपालिकामा अनेरास्ववियू सपथ ग्रहण तथा एकता टुङगीयो

रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको एकता तथा सपथ ग्रहन टुङगीएको छ । तत्कालीन अनेरास्ववियु र अखिल क्रान्तिकारी मिलेर बनेको अनेरास्ववियु बाँफिकोट गाँउपालिकाको एकता आज टुङगीएको हो ।

किरण विश्वकर्माको  संयाेनजक रहेकाे उक्त कमीटिमा र राम बहादुर ओलीको सह–सँयोजकमा ३५ सदस्यीय कमिट चयन गरिएको छ । जसको इन्चार्जमा खुमराज ओली रहनु भएको छ भने नाराण केसी विशेष इन्चार्ज चयन हुनुभएको छ ।अनेरास्ववियु गाउँ कमिटिका पदाधिकारीहरुले आजै सपथ ग्रहण पनि गरेका छन । केन्द्रीय अनेरास्ववियुका सदस्य सुन्दर शर्माले सँयोजक, सहसँयोजक, इन्चार्ज तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

केन्द्रीय सदस्य शर्माको प्रमुख उपस्थिती रहेको कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य तुल देबकोटाको विशेष उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २० आश्विन २०७७, मंगलवार १४:४५