सल्यानमा मानब अधिकार निगरानी समुहको बैठक सम्पन्न

करेश्मा गिरी / सल्यान ।
जिल्लाको शारदा नगरपलीका वडा नं.२ मा बुधबार मानब अधिकार सम’हले बैठक सम्पन्न भएको छ । शारदा नगरपलीकाका १५ वटौ वडाका सदस्यहरू रहेको उक्त समुहले नगरपालीका भित्र शिक्षा,स्वस्थ्य खाद्यान्न र आवसको बिषयमा छलफल गरेको छ ।

त्यस्तै हाल धेरैजसो विद्यालयहरू क्वरेन्टाइन तथा अइसुलेसनको रूपमा प्रयोग भएको बिद्यालयहरू खाली गरी निर्मलीकरण गनुपर्ने ,नगरपलीका भित्र बैकल्पीक अनलाइन शिक्षा समुदाय स्तरमा सबै बालबालीकाको पहु’चमा नभएको सहभागीहरूले बताए ।  यस्तै शिक्षा बालबालिकाको मौलिक हक भएकाले कोरोना रोकथामका तथा उपचारका लागी यस पालीकाले विभिन्न विद्यालयमा आइसोलेसन र क्वरेइन्टाइन संचालनमै रहेकाले विधार्थीहररू शिक्षाबाट बन्चीत भएकाले सो आइसोलेसन र क्वरेइन्टाइन वैकल्पीक व्यव्थास्पन गरी विद्यालय संचालन गर्न’पर्ने सहभागीहरूकाे भनाइ छ ।

त्यस्तै कोरोना संक्रमणको कारण यस नगरमा क्वारेटाइन संचालन गरीएका कतीपय विद्यायल खाली गरीएपनी कोरोनाको जोखीम कायमै रहेकाले निर्मलीकरण गरी संरचनाको ब्यवस्थापन गर्नुपर्ने मानब अधिकार निगरानी समुहका अध्यक्ष मुना हमालले बताउनुभयो ।

उक्त कार्यक्रमका संचलन मानब अधिकार निगरानी समुहका सदस्य सचिब शिब डाँगीले गर्नु भएकाे थियो भने कार्यक्रमको सहजीकरण इन्सेकको इएलपी परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०७७, बुधबार १८:४३