
इन्द्र बुढाथोकी / सल्यान ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले बजार अनुगमन गरेको छ । नगर उप प्रमुख मन्जु यरिको सयोजक रहेको अनुगमन टोलिले बजार अनुगमन तिब्रता दिएको छ । अनुगमन क्रममा म्याद गुज्रिएका बस्तु, मुल्य सुचिनभएका, व्यवासाय दर्ता तथा नविकरण नगरेका, साइन बोर्ड नराखेका र कोरोना सम्बन्धि सचेत सम्बन्धि दुरि कायम गरे नगरेको सम्बन्धि अनुगमन गरिएको छ ।
नगरपालिका बिहीवार बालुवा सङ्घ्रही, डोरपिपल, चिसापानी, बाबियाचौर र जयतपानी अनुगमन गरिएको छ भने नगरपालिका भित्र रहेका सबै बजारहरु अनुगमन गरिने उप प्रमुख तथा बजार अनुगमन समिति सयोजक मन्जु यरिले बताउनु भएको छ । बजार अनुगमनको क्रमा अधिकास पसलहरुमा मुल्य सुची नराखेको पाएको छ भने केही ठाउम म्याद गुजरेका बस्तु तथा पसल दर्ता नगरेको समेत पाएको छ ।
अबैध रुपमा राखिएको घरेलु मादक पदर्थ र बनाउन राखिएको कच्चापदार्थ समेत फालिएको छ । कोरोनाका कारण बजारमा मुल्य वृद्धि भएको तथा कालोबजारी भएको अवस्था बजार अनुगमनलाई तीब्रता दिएको छ । दर्ता नगरेका पसलहरुलाइ दर्ता गर्न र करको दाइरामा आउन समेत सबैलाई आग्रह गरिएको छ ।
प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार ०७:४३