दशैंमा शक्तीपीठहरुमा बली चढाउन नपाइने,यातायात क्षेत्रमा कोभिड–१९का सुरक्षा मापदण्ड पालना नगरे कार्वाही हुने

मिना बुढाथोकी, सल्यान ।
दशैं तथा चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला स्थित विभिन्न मठ मन्दिरमा पुराजी बाट हुने दैनिक पुजा बाहेक सर्वसाधारण बाट हुने बलि पुजा लगायत अन्य गतिविधि हरु गर्न नपाइने भएको छ । असोज २१ गते कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसी यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिनुभयो ।
मन्दिरमा भिडभाड हुने हुँदा कोरोनाको समेत जोखिम बढ्ने हुँदा यस लाइ न्युनिकरण गर्न शक्तीपीठ तथा मन्दिरमा बली लगायत पुजाआजा नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक हेमराज तामाँगको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को जोखिमलाइ मध्य नजरगर्दै जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुले सामाजिक दुरी कायम राख्दै अत्यावश्यक कार्यक्रमहरु मात्रै संचालन गर्न पाउने निर्णय गरेको छ ।
कारोना जोखिम लाइ कम गर्न केही समय अघि जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा सरकारी तथा गैरसरकारी कार्यक्रममा लगाइएको रोक लगाएको थियो । मास्क तथा सेनीटाइजरको अनिवार्य प्रयोग गर्दै आत्यावश्यक कार्यक्रम बढीमा १५ जना सहभागी गराएर गर्न सकिने प्रमुख जिल्ला अधिकारी तामाँगले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा संचालित यातायातका साधनले कोभिड–१९का सुरक्षा मापदण्ड पालना नगरेको पाइएकोमा कोभिड निती पालना गर्न अनुरोध गरेको र सोको अवज्ञा गरे कानुन अनुसार कार्वाही गर्ने उहाँले बताउनु भयो । यातायातका साधनमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा वृद्दिदर गर्नु पर्नेमा सोको विपरित गरेको पाइएमा कार्वाही हुन्छ उहाँले भन्नुभयो ।
यस्तै जोखिम न्युनिकरण गर्न जिल्लामा रहेका मुख्य बजारमा कोभिड–१९ बाट बच्ने उपायका बारेमा चेतना मुलक अडियो प्रशारण,माइकिंग र जनचेतना मुलक कार्यक्रमलाइ तीव्रता दिइने छ ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार १६:२४