‘स्कूले प्रेम’मा हुनै लागेको वालविवाह प्रहरीको सक्रियतामा रोकियो

मिना बुढाथोकी ,सल्यान ।

१७ वर्षीया बालिकासंग बालविवाहगर्न लागेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानको सक्रियतामा  विवाह रोकिएको छ ।

जिल्ला को शारदा नगरपालिका–९ मेलटाकुरा निवासी २१ वर्षीय हिरालाल बोहराले असोज १५ गते कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर निवासी १७ वर्षीया बालिकालाइ विवाह गर्छु भनी भगाएर आप्mनो घरमा लगेको र बिहे गर्ने तैयारी गरि रहेको थाहा पाएपछि प्रहरीले विवाह रोकेको हो ।

विवाहइ भइ नसकेका कारण दुबैजनालाइ अविभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो । बाल विवाह न्युनिकरण अभियानमा सल्यान प्रहरीले सक्रियता पुर्वक कार्य गरि रहेको छ ।कक्षा ८ मा पढ्दै गर्दा विद्यालय जान छोडेकी ती बालिकाले विद्यालयमा पढ्नेबेला देखीनै एक अर्कासंग प्रेमको शुरुवात भएको बताउनु भयो ।

बुवाले हामी सानै छँदा १५ वर्ष अगाडीनै हामी आमा छोरी र बहिनीलाइ एक्लै छोड्नु भयो, पछि आमाले हामी दुइ बहिनीलाइ लिएर मामा घर लक्ष्मीपुरमा बस्दै आएका छौं,उहाँले भन्नुभयो,बहिनी कक्षा ७ मा पढ्छिन अब अरु पढ्न पाउने हुन कि नाइ भन्न सकिँदैन् ।

आमाले खेतीपाती गरेर खान लाउन सम्मको जोहो सम्म गरि रहनु भएको छ ।
पीडित बालिकाले घरमा आमा र एक बहिनी मात्रै भएको र आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान बाट वन्चित भएको पीडित बालिकाको भनाइ छ ।

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार १७:०६